सोमबार कारोबारमा आएकामध्ये २९ कम्पनीको मात्रै सेयर मूल्य बढ्यो भने २४० कम्पनीको घट्यो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार १६.५४ अंकले घटेको छ । अघिल्ला ५ दिन लगातार घटेको नेप्सेमा सोमबार पनि सोही प्रवृत्ति दोहोरिएको हो ।
अघिल्लो दिनको तुलनामा सोमबार ०.६२ प्रतिशतले घट्दा समग्र नेप्से २ हजार ६ सय ३२.९६ अंकमा ओर्लेर बन्द भएको हो ।सोमबार कारोबारमा आएकामध्ये २९ कम्पनीको सेयर मूल्य बढ्यो भने २४० कम्पनीको घट्यो । ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कुल ४४ हजार ९ सय ४२ पटकको कारोबारमा ७६ लाख ९९ हजार २२७ कित्ता सेयर किनबेच भएका छन् । ती किनबेचमा २ अर्ब ६७ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । गत शुक्रबार सेयर बजारमा ३ अर्ब ९४ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो ।
