‘ड्रोन’ले छर्‍यो मल, ‘मेसिन’मार्फत रोपाइँ

‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ नाराका साथ राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले २३औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।

असार १५, २०८३

रासस

Fertilizer spread by drone, planting by machine

What you should know

पाटन (ललितपुर) —  ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत धान रोप्दै राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ मनाइएको छ ।

‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले आज ललितपुरको खुमलटारमा आयोजित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरेको हो ।

प्रतिनिधिसभा, कृषि तथा प्राकृतिक स्रोत समितिका संयोजक अशोककुमार चौधरीले धान रोप्ने खेतमा मल छर्नका लागि ड्रोन उठाएर महोत्सवको शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउन वर्तमान सरकार अगाडि बढिरहेको बताउ । 'आज कृषि पेसा र किसानको सम्मान गर्ने दिन हो,  उत्पादनबिना देश, बजार र अर्थतन्त्र चल्न सक्दैन, किसानको वास्तविक समस्या पहिचान गरेर समाधान गर्न ध्यान दिनुपर्छ, नेपाललाई आवश्यक धानको परिपूर्तिका लागि नेपाल सरकारले किसानलाई उत्पादनको उचित समर्थन मूल्य, पर्याप्त सिँचाइ व्यवस्था, आवश्यक प्रविधिको विकासमा ध्यान दिनुपर्ने छ,' उनले भने, 'कृषि बिमा, राहतको विषयमा सरकारले काम गरिरहेको जानकारी छ, युवालाई कृषिमा आकर्षित गर्न ध्यान दिएका छौँ, कृषकको मेहनत र पसिनाको योगदानलाई सम्मान गर्नुपर्छ ।'

राष्ट्रिय योजना आयोगका सदस्य डा देवेन्द्र गौचनले नीतिगत व्यवस्थामा राम्रो भएको भए पनि संरचनागत सुधारमा जोड दिए । किसान र कृषि अनुसन्धान परिषद्बीचको समन्वय र सम्पर्कलाई जोड दिँदै उनले जलवायु अनुकूलन पोषणयुक्त धानको उत्पादनका लागि ध्यान दिनुपर्ने बताए । उनले अन्तर्राष्ट्रियस्तरमा पोषणयुक्त चिउराको माग बढ्दै गएकाले यसका लागि राज्य र निजी क्षेत्र मिलेर नवप्रवर्तनको माध्यमबाट अगाडि बढ्नुपर्नेमा ध्यान दिन आग्रह गरे ।

Fertilizer spread by drone, planting by machineकृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्रप्रसाद मिश्रले सहरीकरण र ‘प्लटिङ’का कारण घट्दै गएको खेतीयोग्य जमिनका कारण धानको उत्पादनमा ह्रास आउने अवस्था रहेको भन्दै धानको औषध उत्पादकत्व अभिवृद्धि, दुई चरणमा उत्पादन, सिँचाइको प्रवर्धन र यान्त्रिकीकरणको उपयोगबाट जनशक्ति लागतको न्यूनीकरण गरेर उत्पादकत्व अभिवृद्धि गर्दै सहज आपूर्ति शृङ्खलामा योगदान पुर्‍याउन लाग्नुपर्नेमा जोड दिए । धानको आयात प्रतिस्थापन गरी निर्यात गर्नका लागि प्रेरित गर्न सरकारले जोड दिएको जानकारी गराउँदै उनले सरकारले समयमै समर्थन मूल्य तोकेर किसानलाई सहज बनाउन ध्यान दिएको बताए । धानको जातको विकासका लागि अनुसन्धानमा लगानि बढाउन जोड दिएको उनको भनाइ थियो ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले कृषि विभागले किसान र सिँचाइका समस्या समाधानका लागि ध्यान दिएको जानकारी गराउँदै धानको न्यूनतम समर्थन मूल्य र नीतिगत व्यवस्थाका लागि ध्यान दिएर काम गरिरहेको जानकारी गराए ।

नेपाल कृषि अनुसन्धान परिषद्का कायममुकायम निर्देशक श्रीमत श्रेष्ठले सहरीकरणको कारणले कृषि  भूमिको संकुचन हुँदै गएको अवस्थामा उन्नत जातको धानको बीउ उत्पादन गरेर जनतालाई समृद्ध बनाउन कृषि अनुसन्धान परिषद्ले ध्यान दिएको जानकारी गराए । खडेरी र डुबान प्रतिरोधी जातको धानको बीउको विकासका लागि परिषद्ले काम गरिरहेको उनको भनाइ थियो । 

Fertilizer spread by drone, planting by machine

धानको अनुसन्धान र विकासमा सक्रिय संस्था इरीका नेपाल र बंगलादेशका लागि अन्तर्राष्ट्रिय संयोजक होमनाथ भण्डारीले अनुसन्धान र नवप्रवर्धनमा उत्पादकत्व अभिवृद्धि गर्ने, न्यून जनशक्तिको उपयोगमा बढी उत्पादन गर्ने, क्षमता अभिवृद्धि र न्यून कार्बन रहेको खाद्य पदार्थ उत्पादनका लागि जिनको प्रविधि विकास गर्नेतिर ध्यान दिएको बताए । 

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले ‘धान, चामलमा आत्मनिर्भरताः वर्तमान अवस्था, समस्या एवं चुनौती र भावी कार्यदिशा’ विषयक प्रस्तुतीकरण रे । वार्षिक दुई खर्ब दुई अर्बको धान उत्पादन हुने गरेको जानकारी गराउँदै उनले राष्ट्रिय जीडीपीमा धानको योगदान चार प्रतिशत रहेको बताए । परिषद्ले १४० जातका धानका बीउ उत्पादन भएको जानकारी गराउँदै यहाँबाट सिँचाइ तथा उत्पादनमा सहयोग पुर्‍याउने उनको भनाइ थियो ।

नेपाल कृषि अनुसन्धान परिषद्को बाली तथा बागबानी निर्देशक टेक गोतामेले नेपाल कृषि अनुसन्धान परिषद्ले आयात प्रतिस्थापन गर्नका लागि योजना तर्जुमा र कार्यक्रम सञ्चालनमा जोड दिँदै जलवायुमैत्री रोग प्रतिरोधात्मक बीउको विकासका लागि क्रियाशील रहेको बताए ।

रासस

Link copied successfully