नेप्से परिसूचकमा झिनो अंकको गिरावट

नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २ अंकले ओरालो लागेर २ हजार ६४९ दशमलव ५१ मा पुगेको भएको छ ।

असार १२, २०८३

रासस

NEPSE index drops by a small number

काठमाडौं — धितोपत्र बजारका सेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २ अंकले ओरालो लागेर २ हजार ६४९ दशमलव ५१ मा पुगेको भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५५ अंकले ओरालो लागेर ४५७ दशमलव ६८ मा पुगेको भएको छ ।

कूल ३५९ कम्पनीको ७७ लाख २७ हजार ६४९ कित्ता सेयर ३ अर्ब ९४ करोड ५८ लाख ४ हजार ५५२ मूल्यमा खरिद बिक्री भएको छ ।

कारोबारका आधारमा ग्लोबल आइएमइ बैंकको डिबेञ्चर २०८६/८७ शीर्ष स्थानमा छ । यस्तै,  ग्लोबल आइएमई बैंकको डिवेञ्चर, २०८४/८५,नेपाल बैंकको डिवेञ्चर २०८७, आँखुखोला जलविद्युत् कम्पनी र सिटी होटल शीर्ष स्थानमा छ ।

नेप्सेका अनुसार, स्नो रिभर फल्स, टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, एनएमबी डिवेञ्चर २०८९/९०  र  एनएमबी डिवेञ्चर –२०९० का लगानीकर्ताले कमाएका छन् ।

यस्तै, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, एनआइसी एसिया ऋणपत्र २०८०, सोपान फर्मासिटिकल्स र माईखोला हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन् ।

रासस

Link copied successfully