सुनचाँदीकै मूल्य घट्यो

सुनको मूल्य तोलामा ५ हजार २ सय र चाँदी २५० रुपैयाँले घटेको छ ।

असार ११, २०८३

रासस

The price of gold and silver has decreased.

काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदी दुवैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ हजार २ सय र चाँदी २५० रुपैयाँले घटेको हो ।

आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३ सय र चाँदी ४ हजार २३५ निर्धारण भएको छ ।

बुधबार एक तोला सुनको मोल २ लाख ८३ हजार ५ सय थियो भने चाँदी ४ हजार ४८५  मा कारोबार भएको थियो ।

रासस

Link copied successfully