नेप्से परिसूचक ८.५० अंकले घट्दा ८३ कम्पनीको सेयर मूल्य बढेको छ, १७२ कम्पनीको मूल्य घटेको छ भने १९ कम्पनीको मूल्य स्थिर रहेको छ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ८.५० अंकले घटेको छ। शून्य दशमलव ३१ प्रतिशतको गिरावटपछि २ हजार ६ सय ५१ दशमलव ५२ विन्दुमा ओर्लिएको छ । कारोबारमा आएका ८३ कम्पनीको सेयर मूल्य बढ्यो, १७२ कम्पनीको मूल्य घट्यो भने १९ कम्पनीको मूल्य स्थिर रह्यो ।
उत्पादन तथा प्रशोधनबाहेक सबै उपसमूहहरु घट्यो । उत्पादन तथा प्रशोधन १५.५० अंकले बढ्यो भने व्यापार ६६.९३, निर्जीवन बिमा ४३.७३ अंकले घट्यो ।
कुल ४६ हजार ७५१ पटकको सेयर किनबेच भइरहेका २ अर्ब ८३ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल ६४ लाख ८० हजार ५९९ कित्ता सेयर किनबेच भए ।
