सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ ।
काठमाडौँ — सुनचाँदीको मूल्यमा आज वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ हजार ४ सयले बढेको छ ।
आइतबार प्रतितोला सुन २ लाख ८७ हजार ३ सयमा कारोबार भएको थियो । आज २ लाख ८८ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यस्तै चाँदी पनि प्रतितोला ४० ले मूल्यवृद्धि भएको छ । आज प्रतितोला चाँदीको मूल्य ४ हजार ७३० निर्धारण भएको छ । आइतबार ४ हजार ६९० मा कारोबार भएको थियो ।
