चालु आर्थिक वर्षको ११ महिनामा नेपालको वस्तु निर्यात २ खर्ब ७७ अर्ब पुगेको छ भने व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघेको छ।
काठमाडौँ — चालु आर्थिक वर्षको ११ महिनामा १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।
विभागका अनुसार व्यापार घाटा १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँको वैदेशिक व्यापार घाटा भएको छ । ११ महिनामा १ खर्ब ५२ अर्ब ६७ करोड रुपैयाँको डिजेल आयात भएको छ । १ खर्ब १९ अर्ब ६३ करोड रुपैयाँको कच्चा भटमासको तेल आयात भएको छ । पेट्रोल ६८ अर्ब १७ करोड ८७ लाख रुपैयाँको आयात भएको छ ।
चालु आर्थिक वर्षको ११ महिनामा १ खर्ब १३ अर्ब १८ करोड रुपैयाँको प्रशोधित भटमाशको तेल निर्यात भएको छ । अलैंची १२ अर्ब रुपैयाँको अलैंची निर्यात भएको छ ।
