एक तोला सुन २ लाख ८७ हजार ३ सयमा किनबेच भइरहेको छ ।
काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा ६ सय र चाँदी ५० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुन २ लाख ८७ हजार ३ सय र चाँदी ४ हजार ६९० मा किनबेच भइरहेको छ ।
शुक्रबार एक तोला सुन २ लाख ८६ हजार ७ सय र त्यति नै परिमाणको चाँदी ४ हजार ६४० मा कारोबार भएको थियो ।
