नेप्से परिसूचकमा झिनो अंकको वृद्धि

नेप्सेका अनुसार, अपोलो हाइड्रोपावर, सोपान फर्मासिटिकल्स, सपोर्ट माइक्रोफाइनान्स, रिलायन्स फाइनान्सर गुराँस लघुवित्तको सेयरधनीले कमाएका छन् ।

असार ५, २०८३

कान्तिपुर संवाददाता

NEPSE index increases by a small number of points

काठमाडौं — साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.६३ अंकले उकालो लागेर २ हजार ७०२.११ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३१ अंकले उकालो लागेर ४६३.९८ मा पुगेको छ ।

कारोबार भएका आधारमा कूल ११६ कम्पनीको सेयर मूल्यमा बढोत्तरी भएको छ । यस्तै, १४० कम्पनीको सेयर मूल्य ओरालो लाग्दा १७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको  छैन । कूल ३५३ कम्पनीको एक करोड ९ लाख २२ हजार ५२५ कित्ता सेयर ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार ५६८ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबारका आधारमा ग्लोबल आइएमई बैंकको डिवेञ्चर २०८८/८७ शीर्ष स्थानमा छ । यस्तै, ग्लोबल आइएमई बैंकको डिवेञ्चर २०८४/८५, सोपान फर्मासिटिकल्स,आँखु खोला जलविद्युत् कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर शीर्ष ५ भित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार, अपोलो हाइड्रोपावर, सोपान फर्मासिटिकल्स, सपोर्ट माइक्रोफाइनान्स, रिलायन्स फाइनान्सर गुराँस लघुवित्तको सेयरधनीले कमाएका छन् ।

यस्तै, बुङ्गल हाइड्रो, आत्मनिर्भर लघुवित्त, सिटिजन बैंकको डिवेञ्चर, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम र सालपा विकास बैंकका लगानीकर्ताले भने गुमाएका छन् ।

कान्तिपुर

Link copied successfully