सुनको भाउ एकैदिन तोलाको साढे १० हजार रुपैयाँले घट्यो

आज सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ७ सय कायम भएको छ ।

असार ५, २०८३

कान्तिपुर संवाददाता

Gold price drops by Rs 10,500 per tola in a single day

काठमाडौँ — सुनको भाउ एकैदिन साढे १० हजार रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला २ लाख ९७ हजार २ सय मूल्य निर्धारण भएकामा आज २ लाख ८६ हजार ७ सय कायम भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी पनि तोलामा ३०५ रुपैयाँले घटेको छ । बिहिबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला ४ हजार ६४० रुपैयाँमा कायम भएको छ ।

कान्तिपुर

Link copied successfully