उकालो लाग्न सकेन नेप्से, ५ अंकले घट्यो

बिहीबार कारोबारमा आएकामध्ये ७७ कम्पनीको सेयर मूल्य बढ्यो, १८१ कम्पनीको घट्यो र १४ वटाको स्थिर रह्यो ।

असार ४, २०८३

कान्तिपुर संवाददाता

NEPSE fails to rise, drops by 5 points

काठमाडौँ — पछिल्ला दिनदेखि सुस्ताएको सेयर बजारमा बिहीबार पनि सोही प्रवृति दोहोरिएको छ । अघिल्लो दिन सकारात्मक तर स्थिर अवस्थामा बन्द भएको नेप्सेले बिहीबार उकालो बाटो लाग्ने अनुमान गरिएपनि त्यो हुन सकेन ।

बिहीबार नेप्से ५.०६ अंकले घट्यो । बुधबारको तुलनामा ०.१८ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ७ सय दशमलव ४७ अंकमा ओर्लेको छ ।

बिहीबार कारोबारमा आएकामध्ये ७७ कम्पनीको सेयर मूल्य बढ्यो, १८१ कम्पनीको घट्यो र १४ वटाको स्थिर रह्यो ।

सो दिन कुल ४१ हजार १ सय ४ पटकको सेयर किनबेचमा ७७ लाख ४३ हजार ३० कित्ता सेयर खरिदबिक्री भए । ती किनबेचमा ३ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । गत बुधबार ३ अर्ब ६३ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये बैकिङ, वित्त कम्पनी, लघुवित्त, सामूहिक लगानी कोष र व्यापारको परिसूचक सकारात्मक रहे । तर बाँकी सबैको उपसमूहको परिसूचक घटे ।

कान्तिपुर

Link copied successfully