बुधबार नेप्से मंगलबारकै जस्तै २ हजार ७ सय ५ अंकमा रहेको छ । पछिल्ला ४ कारोबार दिनमा लगातार घटेको नेप्से बुधबार भने सम्हालिएको हो ।
काठमाडौँ — लगातार ४ दिन ओरालो लागेको सेयर बजार बुधबार भने केही सम्हालिएको छ । बुधबार नेप्से मंगलबारकै जस्तै २ हजार ७ सय ५ अंकमा रहेको छ । पछिल्ला ४ कारोबार दिनमा लगातार घटेको नेप्से बुधबार भने सम्हालिएको हो ।
बुधबार कारोबारमा आएकामध्ये १२५ कम्पनीको मूल्य बढ्यो, १३२ कम्पनीको घट्यो र १४ वटाको स्थिर रह्यो ।
बुधबार कुल ४४ हजार ५ सय ४२ पटकको सेयर किनबेचमा ८३ लाख ७५ हजार ४ सय ७१ कित्ता सेयर खरिदबिक्री भए । ती किनबेचमा ३ अर्ब ६३ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । मंगलबार ४ अर्ब ४ करोड ७८ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएका १३ वटा उपसमूहमध्ये विकास बैंक, फाइनान्स, हाइड्रो, लगानी र उत्पादन उपसमूहको परिसूचक बढ्दा बैंकिङ, होटेल तथा पर्यटन, जीवन बिमा, लघुवित्त, म्युचअल फन्ड, निर्जीवन बिमा र अन्य उपसमूहको परिसूचक भने घट्यो ।
सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गरेपछिका अधिकांश कारोबार दिनमा नेप्से घटेको छ । त्यसयता १३ दिन सेयर बजार खुलेको छ । जसमा ९ दिन नेप्से घटेको छ भने ३ दिन मात्र बढेको छ । बुधबार भने नेप्से स्थिर रह्यो । बजेट घोषणाअघि नेप्से २ हजार ७ सय ८२ अंकमा रहेको थियो ।
