तरलता व्यवस्थापन गर्न २८ दिनका लागि ४५ अर्ब झिक्दै राष्ट्र बैंक

अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत राष्ट्र बैंकले २८ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ ।

असार ३, २०८३

कान्तिपुर संवाददाता

Nepal Rastra Bank withdraws Rs 45 billion for 28 days to manage liquidity

काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज बुधबार पनि ४५ अर्ब रुपैयाा झिक्न लागेको छ। अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत राष्ट्र बैंकले २८ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ ।

बजारबाट पैसा निकाल्नका लागि आज दिउासो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आहृवान गरेको छ । घटीमा १० करोड र बढीमा पााच करोड रुपैयााले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले भनेको छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

पछिल्ला तीन वर्ष देखि राष्ट बैंकले नियमित रुपमा बजारबाट पैसा झिक्दै आएको छ । यहीकारण राष्ट्र बैंकले सातामा दुई पटक  बजारबाट पैसा झिकिरहेको छ । चालु आर्थिक वर्ष सकिन २८ दिन मात्र बाँकी रहदा बैंक तथा वित्तीय प्रणालीमा साढे १० खर्ब भन्दा बढी अधिक तरलता छ । सोही क्रममा आज पनि बजारबाट पैसा झिक्न लागेको हो ।

कान्तिपुर

Link copied successfully