सुनको मूल्य तोलामा १२ सयले बढ्यो

छापावाला सुनको मूल्य आज २ लाख ९३ हजार २ सय निर्धारण भएको छ ।

जेष्ठ ३१, २०८३

रासस

Gold price increases by 1,200 per tola

काठमाडौँ — स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १ हजार २ सयले बढेको छ ।

गत शुक्रबार प्रतितोला २ लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ लाख ९३ हजार २ सय निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा ५५ ले बढेको छ । शुक्रबार प्रतितोला चाँदी ४ हजार ८४० मा कारोबार भएको थियो । आज ४ हजार ८९५ निर्धारण भएको छ ।

रासस

Link copied successfully