सुनको भाउ तोलामै ५ हजार १ सय रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार बिहीबार एक तोला सुनको भाउ २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

जेष्ठ २८, २०८३

कान्तिपुर संवाददाता

Gold price drops by Rs 5,100 per tola

काठमाडौँ —  

नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ५ हजार १ सय रुपैयाँ र ९० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार बिहीबार एक तोला सुनको भाउ २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ । एक तोला चाँदीको मूल्य ४ हजार ६ सय ५० निर्धारण भएको छ । 

बुधबार एक तोला सुन २ लाख ९१ हजार ८ सय र त्यति नै परिमाणको चाँदी  ४ हजार ७ सय ४० मा कारोबार भएको थियो ।

गत मंगलबार एक तोला सुन ३ लाख १ हजार ९ सय र चाँदी ४ हजार ९ सय २५ मा किनबेच भएको थियो ।  

 अन्तर्राष्ट्रिय बजारमा बिहीबार एक औँस सुन ४ हजार १ सय र त्यति नै परिमाणको सेतो धातु ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

कान्तिपुर

Link copied successfully