वैशाखमा यस्तो मूल्य वृद्धिदर औसत ५.०४ प्रतिशत छ । २०८२ वैशाखमा यस्तो मूल्य वृद्धिदर २.७७ प्रतिशत थियो ।
काठमाडौँ — पछिल्ला महिनाहरुमा उपभोक्ताले बजारमा खरिद गर्दा तिर्ने मूल्य वृद्धिदर बढ्न थालेको छ । जसअनुसार गत वैशाखमा यस्तो मूल्य वृद्धिदर औसत ५.०४ प्रतिशत छ । २०८२ वैशाखमा यस्तो मूल्य वृद्धिदर २.७७ प्रतिशत थियो ।
गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ४.६३ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको ५.२६ प्रतिशत रहेको छ । गत वर्षको सोही वैशाखमा यी समूहहरूको मूल्य वृद्धिदर क्रमशः १.५२ प्रतिशत र ३.४५ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को १० महिनाको औसत मूल्य वृद्धिदर २.६६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मूल्यवृद्धि ४.३९ प्रतिशत रहेको थियो ।
यस्तै, महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १८.६०, घ्यू तथा तेलको १३.९९, तरकारीको ५.४० र माछा तथा मासुको ४.१६ प्रतिशतले बढेको छ । तर, दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.६७ र मरमसलाको ०.६५ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १९.९०, यातायातको १५.३०, शिक्षाको ५.५४, मदिराजन्य पेय पदार्थको ४.७७ र कपडा तथा जुत्ताचप्पलको ४.७३ प्रतिशतले बढेको छ ।
गत वैशाखमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.३५ र सहरी क्षेत्रको ५.२९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
