चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ९ सय २५ रुपैयाँ पुगेको छ ।
काठमाडौँ — नेपाली बजारमा आज सुन-चाँदीकै मूल्य वृद्धि भएको छ ।
मंगलबारको तुलनामा सुन प्रतितोला २ हजारले बढेको छ । आज प्रतितोला सुन ३ लाख १ हजार ९ सयले किनबेच भइरहेको छ । हिजो प्रतितोला २ लाख ९९ हजार ९०० कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ९ सय २५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारको तुलनामा चाँदी तोलामा २० रुपैयाँ बढेको हो ।
