बिहीबार १३.४६ अंकले घटेको नेप्से शुक्रबार ११.३७ र सोमबार २०.२७ अंकले घटेको हो ।
काठमाडौँ — नेप्सेमा लगातार ३ कारोबार दिन दोहोरो अंकको गिरावट आएको छ । गत बिहीबार ओरालो लागेको नेप्से त्यसयताका दुई कारोबार दिन पनि थामिएन । बिहीबार १३.४६ अंकले घटेको नेप्से शुक्रबार ११.३७ र सोमबार २०.२७ अंकले घटेको हो ।
सोमबार कारोबारमा आएकामध्ये २२२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ४२ कम्पनीको मूल्य बढ्दा मात्र ६ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबारमा आएका १३ उपसमूहमध्ये फाइनान्सबाहेक सबैको परिसूचक घटेको छ । फाइनान्सको भने ०.२६ प्रतिशतले बढेको छ । बाँकी १२ उपमसूहको परिसूचक घट्दा पनि समग्र नेप्से दोहोरो अंकले घटेको हो ।
कुल ५६ हजार ८ सय ४५ पटकको सेयर किनबेचमा ४ अर्ब ८ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ती कारोबारमा ९२ लाख ३६ हजार ६७७ कित्ता सेयर किनबेच भए ।
