आज पनि घट्यो सुनचाँदीको मूल्य

आज सुन तोलामा २ हजार १ सय र चाँदी ५५ रुपैयाँले घटेको हो ।

जेष्ठ २२, २०८३

रासस

Gold and silver prices fell today as well

काठमाडौँ — स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार १ सय र चाँदी ५५ रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख ९ हजार कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार २३० निर्धारण भएको छ । 

बिहीबार एक तोला सुनको मूल्य ३ लाख ११ हजार १ सय र चाँदीको ५ हजार २८५ निर्धारण भएको थियो । 

रासस

Link copied successfully