विद्युत् नियमन आयोगको अध्यक्षका लागि १० जनाको आवेदन

सिफारिस समितिले आयोगका अध्यक्षसहित चार सदस्य पदका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको थियो ।

जेष्ठ २२, २०८३

कान्तिपुर संवाददाता

10 people apply for the post of chairman of the Electricity Regulatory Commission

What you should know


काठमाडौँ — विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि १० जना तथा सदस्य पदका लागि २२ जनाले आवेदन दिएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आयोगका पदाधिकारी छनोट गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेका थिए । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन गरिएको समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी सदस्य छन् ।

सिफारिस समितिले आयोगका अध्यक्षसहित चार सदस्य पदका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको थियो  यसका लागि १५ दिनको समयसीमा राखेर सार्वजनिक सूचना जारी गरेको थियो । समितिले प्राप्त आवेदनमाथि अध्ययन गरी छनोट प्रक्रिया अघि बढाउनेछ।

सरकारले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ बमोजिम स्वतः पदमुक्त भएपछि आयोग नेतृत्वविहीन छ । यसअघि  आयोगका अध्यक्षमा रामप्रसाद धितालसहित सदस्यहरूमा मधुसुधन अधिकारी, झमकप्रसाद शर्मा, गौतम डंगोल र भागिरथी भट्टराई ज्ञवाली थिए । 

१. ई. रुद्रप्रसाद गौतम

२. केशव अधिकारी

३. डा. रामप्रसाद धिताल

४. रामेश्वरप्रसाद कलवार

५. मधुप्रसाद भेटवाल

६. मोतीबहादुर कुँवर

७. डा. मधुसुधन अधिकारी 

८. डा. भोलानाथ शर्मा अधिकारी

९. नारायणप्रसाद सापकोटा 

१०.  डा. शान्तिकला सुवेदी

१. डा. शेखर अर्याल

२. राजिवकुमार सिंह

३. निरज्वल बस्नेत 

४. रुद्रप्रसाद सिटौला

५. जयराज भण्डारी

६. ब्रजमोहन झा

७. सुरेशबहादुर भट्टराई

८.  प्रकाश ज्ञवाली

९. लोकराज पाठक

१०. रामप्रसाद गौतम

११. झमकप्रसाद शर्मा 

१२. विशाल सिलवाल 

१३. बलराम सिलवाल 

१४. राजिव दाहाल

१५. विज्ञान श्रेष्ठ

१६. दिवाकर मल्लिक 

१७. अर्जुनकुमार गौतम 

१८. नरेन्द्रसिंह भण्डारी 

१९. नारायणप्रसाद सापकोटा

२०. कल्पमोहन सोती

२१. शान्तिकला सुवेदी

२२. कुशेश्वरप्रसाद साहु 

कान्तिपुर

Link copied successfully