घट्यो सुनचाँदीको मूल्य

आज सुन तोलामा २ सय र चाँदी ८५ रुपैयाँले घटेको हो ।

जेष्ठ २१, २०८३

रासस

Gold and silver prices have decreased.

काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा २ सय र चाँदी ८५ ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख ११ हजार १ सय कायम भएको छ । एक तोला चाँदीको मूल्य ५ हजार २८५ निर्धारण भएको छ । 

हिजो एक तोला सुन ३ लाख ११ हजार ३ सय र त्यति नै परिमाणको चाँदी ५ हजार ३७० मा खरिदबिक्री भएको थियो ।

रासस

Link copied successfully