बुधबार ५ अर्ब ७३ करोड ८१ लाख ७८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार २.६६ अंकले बढेको छ । मंगलबारको तुलनामा ०.०९ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ७ सय ८०.२५ अंकमा उक्लेको छ
नयाँ बजेट घोषणापछि सोमबार घटेको नेप्से मंगलबार भने बढेको थियो । मंगलबार नेप्सेमा २२ अंकको सुधार देखिएको थियो ।
बुधबार कारोबारमा आएकामध्ये १४८ कम्पनीको मूल्य बढ्यो, ११७ कम्पनीको घट्यो र ६ वटाको स्थिर रह्यो । सो दिन कुल ६२ हजार १ सय ४८ पटकको सेयर किनबेचमा १ करोड ३५ लाख २१ हजार ६ सय १९ कित्ता सेयर खरिदबिक्री भए ।
ती किनबेचमा ५ अर्ब ७३ करोड ८१ लाख ७८ हजार रुपैयाँ बराबरसेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनाका कारोबार रकम बढेको हो । मंगलबार ५ अर्ब २६ करोड ५२ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको थियो ।
कारोबारमा आएका १३ उपसमूहमध्ये बुधबार निर्जीवन बिमामा उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो दिनको तुलनामा निर्जीवन बिमामा ३.३७ प्रतिशतको वृद्धि देखिएको छ ।
