नेप्से परिसूचक २६.७२ अंकले घट्यो

कुल ३५ कम्पनीको सेयर मूल्य बढ्यो भने २३३ कम्पनीको मूल्य घट्यो र २ कम्पनीको मूल्य स्थिर रह्यो ।

जेष्ठ १८, २०८३

कान्तिपुर संवाददाता

NEPSE index drops by 26.72 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २६.७२ अंकले घटेको छ । सोमबार शून्य दशमलव ९६ प्रतिशतले वृद्धि भएको नेप्से २ हजार ७ सय ५५ दशमलव ३७ विन्दुमा ओर्लिएको छ । 

कुल ३५ कम्पनीको सेयर मूल्य बढ्यो भने २३३ कम्पनीको मूल्य घट्यो र २ कम्पनीको मूल्य स्थिर रह्यो । 

नेप्सेका अनुसार ६३ हजार ७ सय १९ पटकको सेयर किनबेचमा ५ अर्ब ६१ लाख ४३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ती कारोबारमा १ करोड ३३ लाख ८३ हजार १ सय १६ कित्ता सेयर किनबेच भए । 

निर्जीवन बिमा र अन्यबाहेक सबै उपसमूह घटेको छ । निर्जीवन बिमा १५०.९२ र अन्य ६७.८४ अंकले बढेको छ । 

नेपाल रिइन्स्योरेन्स कम्पनीको १४.९९, कालिन्चोक हाइड्रोपावरको १४.९९, सिटिजन्स बैंक डिबेञ्चरको ६.०२, सेन्ट्रल फाइनान्सको ५.७६,  सिभिल बैंक डिबेञ्चरको ५.६० प्रतिशतले सेयर मूल्य बढ्यो । 

भुंगोल हाइड्रोको १३.२०, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ६.९५,  विशाल बजार कम्पनीको ६.६४, एनआईबीएल समृद्धि फन्ड- २ को ५.६४ र नेपाल रिपब्लिक मिडियाको ५.१६ प्रतिशतले मूल्य घट्यो । 

कान्तिपुर

Link copied successfully