सुनको भाउ तोलामा २० हजार ५ सयले बढ्यो

आज एक तोला सुनको मूल्य ३ लाख ११ हजार १ सय कायम भएको छ ।

जेष्ठ १७, २०८३

रासस

Gold price increases by 20,500 per tola

काठमाडौँ — केही दिनयता ओरालो लागेको सुनको मूल्य आज ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलामा २० हजार ५ सयले बढेको हो । 

गत शुक्रबार २ लाख ९० हजारमा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज ३ लाख ११ हजार १ सय कायम भएको छ ।

त्यसैगरी, एक तोला चाँदीको ५ हजार ३४५ निर्धारण भएको छ । गत शुक्रबार एक तोला चाँदी ५ हजार ४० मा किनबेच भएको थियो । 

यसअघि २०८२ माघमा पनि सुन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

रासस

Link copied successfully