निर्माण सामग्रीमा भएको मूल्यवृद्धिबाट व्यवसायीलाई परेको कठिनाइको सम्बोधन गर्छौं : अर्थमन्त्री 

आगामी आर्थिक पाँच वर्षभित्र जिल्ला सदरमुकाम जोड्ने सडक र पुलको स्तरोन्नति गरिने पनि उनले बताए ।

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले पेश्की रकम सम्बन्धित आयोजनामा मात्र खर्च गर्न मिल्नेगरी ट्र्याकिङ गर्ने व्यवस्था गरिने बताएका छन् । हाइब्रिड एनयुटी मोडलमा निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन तीन महिनाभित्र तयार हुने उनले प्रस्ट पारे ।

संघीय संसद्को बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले पश्चिम एसियाको  द्वन्द्वबाट बिटुमिनलगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धिबाट निर्माण व्यवसायीलाई परेको कठिनाइको सम्बोधन गरिने बताए । 

आगामी आर्थिक पाँच वर्षभित्र जिल्ला सदरमुकाम जोड्ने सडक र पुलको स्तरोन्नति गरिने पनि उनले बताए ।

कान्तिपुर

Link copied successfully