अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रिय उत्पादकत्व वृद्धिको गुरुयोजना तयार गरी उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम ल्याएको बताए ।
काठमाडौँ — सरकारले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि १ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रिय उत्पादकत्व वृद्धिको गुरुयोजना तयार गरी उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम ल्याएको बताए ।
उनले विश्व बजारमा उल्लेख्य निर्यात गरी ब्रान्ड स्थापित भइसकेका नेपाली उत्पादनलाई थप सहुलियत प्रदान गर्ने समेत बताए । व्यापार तथा लगानी सहजिकरणका लागि व्यापार तथा औद्योगिक लजिस्टिक गुरुयोजना कार्यान्वयनमा ल्याउने जनाए ।
