चालु आर्थिक वर्षमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले नदी प्रवाही जलविद्युत् आयोजनाको टेक एन्ड पे मार्फत पीपीए गर्ने भनेको थियो ।
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले १० मेगावाटभन्दा कम क्षमतामा आयोजनाको तत्काल विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गर्ने बताएका छन् । आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य सार्वजनिक गर्दै वाग्लेले यस्तो बताएका हुन् ।
चालु आर्थिक वर्षमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले नदी प्रवाही जलविद्युत् आयोजनाको टेक एन्ड पे मार्फत पीपीए गर्ने भनेको थियो । त्यसयता स्वत: पीपीए हुँदै आएको १० मेगावाटसम्मका आयोजनाको पीपीए पनि रोकिएको थियो ।
