सुनको भाउ तोलामै ५ हजार ६ सय बढ्यो

शुक्रबार छापावाल सुनको भाउ प्रतितोला २ लाख ९० हजार ६ सय पुगेको छ

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Gold price increases by 5,600 per tola

काठमाडौँ — नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ५ हजार ६ सय  चाँदी १ सय ७५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ९० हजार ६ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य ५ हजार ४० कायम भएको छ । हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला २ लाख ८५ हजार र त्यति नै परिमाणको चाँदी ४ हजार ८ सय ६५ कायम भएको थियो ।

गत बुधबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९० हजार ५ सय र त्यति नै परिमाणको चाँदी ५ हजार ८० मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ५ सय र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

कान्तिपुर

Link copied successfully