जेन-जी आन्दोलनका घाइतेलाई उद्यमशीलता विकास कार्यक्रम

अर्थमन्त्री वाग्लेले घाइतेको नि:शुल्क उपचार, अवस्थाअनुसार मासिक भत्ता र उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्ने बताए ।

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Entrepreneurship development program for those injured in the Gen-G movement

काठमाडौँ — सरकारले आगामी बजेटमा जेन-जी आन्दोलनका घाइतेहरूका लागि उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले ०८३/८४ को बजेट भाषणका क्रममा भने, ‘जेनजी आन्दोलनका सहिदको सम्मान गरिनुका साथै सहिद परिवारको लागि सम्मानजनक आर्थिक सहायता सुनिश्चित गरिसकिएको छ । आन्दोलनका घाइतेको नि:शुल्क उपचार, अवस्थाअनुसार मासिक भत्ता र उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्नेछौँ ।’

कान्तिपुर

Link copied successfully