कर्मचारी प्रशासन चुस्त बनाइने, २० अर्ब रुपैयाँ बचत हुने अनुमान

३१ निकायलाई खारेजी ६ निकाय मर्जर ६ निकाय हस्तान्तरण र १८ निकायको पुनर्संरचना गरिने

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Employee administration to be streamlined, estimated to save Rs 20 billion

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारी निकायको विद्यमान बोझिलो संगठन संरचना चुस्त बनाइने बताएका छन् । मन्त्रालयको संख्या घटाइएको र त्यसैअनुसार मन्त्रालय तथा विभागका दरबन्दी कटौतीबाट संरचनालाई चुस्त पारिने  बताएका छन् । विभाग कार्यालय तथा दरबन्दी कटौतीबाट बचत हुने रकमलाई प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने नीति लिइएको छ ।

३१ निकायलाई खारेजी ६ निकाय मर्जर ६ निकाय हस्तान्तरण र १८ निकायको पुनर्संरचना गर्न लागिएको उनले बताएका छन् । कर्मचारी, सेना, प्रहरी र शिक्षकको सम्मानजक रूपले निरन्तर तलब वृद्धि गरिने व्यवस्था मिलाइने बजेटमा घोषणा गरिएको छ । साधारण खर्च घटाइने उनले बताएका छन् ।

अभूतपूर्व मितव्ययिता अपनाइएको उनको भनाइ छ । यसबाट करिब २० अर्ब रुपैयाँ बचत हुने प्रारम्भिक अनुमान रहेको अर्थमन्त्री वाग्लेले बजेट वक्तव्यका क्रममा बताए । 

कान्तिपुर

Link copied successfully