अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार २०८३ /८४ को बजेट घोषणा गर्दै मधेस, कर्णाली र सुदूरपश्चिमका २५ जिल्लाहरुमा प्रदान गर्दै आइरहेको बालपोषण भत्ता दोब्बर बनाई मासिक १ हजार बनाइने बताएका छन् ।
काठमाडौँ — सरकारले बालपोषण भत्ता दोब्बरले बढाएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार २०८३ /८४ को बजेट घोषणा गर्दै मधेस, कर्णाली र सुदूरपश्चिमका २५ जिल्लाहरुमा प्रदान गर्दै आइरहेको बालपोषण भत्ता दोब्बर बनाई मासिक १ हजार बनाइने बताएका छन् । हाल मासिक ५२२ रुपैयाँ प्राप्त गर्दछन् ।
यस्तै सरकारले महिलाहरुको सुरक्षित आवागमन सुनिश्चित गर्न ब्लु बस सञ्चालन गर्ने भएको छ । सीसी क्यामेरासहितको आधुनिक ब्लु बस सेवा सञ्चालन गर्ने अर्थमन्त्री वाग्लेले घोषणा गरेका हुन् । यसअघि प्रधानमन्त्री वालेन्द्र शाहको १३ चैत २०८२ को मन्त्रिपरिषद्द्वारा जारी शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरूमा ब्लु बस सेवाबारे पनि उल्लेख छ ।
पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने सरकारले योजना अघि सारेको छ । त्यसबेला सरकारले महिलाहरुको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा नि:शुल्क ब्लु बस सेवा सञ्चालन गर्ने जनाएको थियो ।
