बजेट पास गर्दै मन्त्रिपरिषद् बैठक

अर्थमन्त्री स्वर्णिम वाग्लेले आज दिउँसो ४ बजे संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् ।

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Cabinet meeting passes budget

काठमाडौँ — सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बसेको हो । अर्थमन्त्री स्वर्णिम वाग्लेले आज दिउँसो ४ बजे संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । 

ठूलो आकारको बजेटको विरोध गर्दै आएका अर्थमन्त्री स्वर्णिम वाग्लेले नै स्रोत समितिले दिएको सीमा नाघेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । राजस्व संकुचित भएको र वैदेशिक अनुदान आशातित रूपमा बढ्न नसकिरहेका बेला अर्थमन्त्री वाग्लेले राजस्व संकलनको महत्त्वाकांक्षी लक्ष्यसहित ठूलो आकारको घाटा बजेट ल्याउन लागेका हुन् । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आर्थिक वर्ष २०८३/८४ को बजेट सिलिङ (सीमा) १८ खर्ब ९० अर्ब रुपैयाँ तोकेको थियो । तर, त्यो सीमाभित्र रहेर बजेट बनाउन नसक्ने भएपछि बुधबार अर्थमन्त्रीकै आग्रहमा बसेको स्रोत समितिले यसअघि दिएको बजेटको सिलिङ बढाएर करिब साढे २१ खर्ब हाराहारीमा पुर्‍याएको छ । बजेट निर्माणमा संलग्न एक अधिकारीले भने, ‘मेरो अनुमानमा २१ देखि २२ खर्ब रुपैयाँभित्रको बजेट आउँछ।’ 

कान्तिपुर

Link copied successfully