सूचना प्रविधि सेवा निर्यातमा ५० प्रतिशत कर छुट दिने घोषणा

सूचना प्रविधि उद्योगलाई देशको नयाँ आर्थिक इन्जिनका रूपमा विकास गर्ने भनिएको छ ।

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Announcement of 50 percent tax exemption on information technology service exports

काठमाडौँ — सरकारले सूचना प्रविधि सेवा निर्यात गरी आर्जन गरेको आयमा ५० प्रतिशत कर छुट दिने व्यवस्था मिलाइएको छ । सूचना प्रविधि उद्योगलाई देशको नयाँ आर्थिक इन्जिनका रूपमा विकास गर्ने भनिएको छ ।

सूचना प्रविधि उद्योगमा कार्यरत जनशक्तिले प्राप्त गर्ने ‘स्वेट इक्विटी’ बापतको रकमलाई समेत करयोग्य आयको गणना गर्दै शतप्रतिशत छुट दिने घोषणा सरकारले गरेको छ ।

कान्तिपुर

Link copied successfully