सहकारी अनियमिततामा संलग्न पदाधिकारीमाथि छानबिन र कारबाही सिफारिस

आयोगले सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार, शाखा खोल्ने स्वीकृति तथा एकीकरणमा संलग्न पदाधिकारी र सञ्चालकको विस्तृत अनुसन्धान गर्न भनेको छ ।

जेष्ठ १४, २०८३

कान्तिपुर संवाददाता

Investigation and action recommended against officials involved in cooperative irregularities

What you should know

काठमाडौँ — सहकारीमा भएको बेथिति जाँचबुझ आयोगले सहकारी संस्थाहरुको दर्ता गर्ने, कार्यक्षेत्र विस्तार गर्ने, सेवा केन्द्र तथा शाखा कार्यालय खोल्न तथा थप गर्न स्वीकृति दिने, सहकारी संस्थाहरुको एकीकरण गर्ने लगायतमा संलग्न नियामक निकायका पदाधिकारी तथा सहकारी संस्थाका संचालक एवं सहकारी अभियन्ताबारे विस्तृत अनुसन्धान गरी कारबाही सिफारिस गर्न भनेको छ । 

मन्त्रिपरिषद्को २ माघ २०८२ को निर्णयअनुसार गठित आयोगले अध्ययनको क्रममा सहकारी संस्था दर्ता गर्ने, कार्यक्षेत्र विस्तार गर्ने, सेवा केन्द्र तथा शाखा कार्यालय खोल्न तथा थप गर्न स्वीकृति दिने एवं सहकारी संस्थाहरूलाई एकीकरण गर्ने कार्यमा संलग्न भेटेसम्मका पदाधिकारीको विवरण उल्लेख गरिएको प्रतिवेदनमा उल्लेख छ ।

जाँचबुझ आयोगलाई दिइएको कार्यावधिअनुसार ती सबै पदाधिकारीहरुको विस्तृत अध्ययन गर्न साधन स्रोत र समयको अभावले सम्भव नभएको आयोगले जनाएको छ । 

आयोगले सहकारी संस्थाहरुको दर्ता गर्ने, कार्यक्षेत्र विस्तार गर्ने, सेवा केन्द्र तथा शाखा कार्यालय खोल्न तथा थप गर्न स्वीकृति दिने, सहकारी संस्थाहरुको एकीकरण गर्ने लगायतको कार्यमा संलग्न नियामक निकायका पदाधिकारीहरू तथा सहकारी संस्थाहरुका संचालक एवं सहकारी अभियन्ताहरूको सम्बन्धमा विस्तृत अनुसन्धान गरी कारबाही सिफारिस गर्न भनेको छ । 

सहकारी संस्थाहरुको शाखा कार्यालय/ सेवा केन्द्र विस्तारको स्वीकृति तथा संलग्न पदाधिकारीको विवरण

सहकारी संस्थाहरुको कार्यक्षेत्र विस्तारको स्वीकृति तथा संलग्न पदाधिकारीको विवरण

सहकारी संस्थाहरुको एकीकरणको स्वीकृति तथा संलग्न पदाधिकारीको विवरण

कान्तिपुर

Link copied successfully