बुधबार कुल ६० हजार ५ सय ६२ पटकको कारोबारमा १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ४.९९ अंकले बढेको छ । मंगलबार ९.२४ अंकले घटेको नेप्से बुधबार करिब ५ अंकको सुधारसँगै बन्द भएको हो ।
अघिल्लो दिनको तुलनामा बुधबार ०.१७ प्रतिशतले बढ्दा समग्र नेप्से २ हजार ७ सय ८२.१० अंकमा उक्लेर बन्द भएको हो । यो साता सोमबार, मंगलबार र बुधबार गरी तीन दिन मात्र सेयर कारोबार भएको छ । जसमा सोमबार र बुधबार नेप्से बढेको छ भने, मंगलबार घटेको छ ।
बुधबार कारोबारमा आएकामध्ये १५१ कम्पनीको सेयर मूल्य बढ्यो भने ११४ कम्पनीको घट्यो । तर, सो दिन १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बुधबार कुल ६० हजार ५ सय ६२ पटकको कारोबारमा १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । मंगलबार सेयर बजारमा ४ अर्ब ८५ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त कम्पनी, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्यको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से करिब ५ अंकले बढेको हो ।
