सुनको मूल्य तोलामा १ हजार ३ सयले घट्यो

छापावाला सुन आज २ लाख ९१ हजार ५ सयमा कारोबार भइरहेको छ ।

जेष्ठ १२, २०८३

रासस

Gold price drops by 1,300 rupees per tola

काठमाडौँ — स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार ३ सयले घटेको छ ।

सोमबार प्रतितोला २ लाख ९२ हजार ८ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने २ लाख ९१ हजार ५ सयमा कारोबार हुने गरी निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ९० ले घटेको छ । सोमबार प्रतितोला ५ हजार १५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने ५ हजार ६० निर्धारण भएको छ ।

रासस

Link copied successfully