कारोबार भएकामध्ये २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको घटेको छ ।
काठमाडौं — धितोपत्र बजारमा सेयर कारोबारमापक नेप्से परिसूचक आज झण्डै २८ अंकले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ८५ अंकले उकालो लागेर २ हजार ७८६ दशमलव ३५ मा पुगेको छ । यो १ प्रतिशत बराबरको वृद्धि हो ।
ठूला कम्पनीको कारोबारमापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक ३ दशमलव ८५ अंकले उकालो लागेर ४७५ दशमलव ७४ मा पुगेको छ ।
कारोबार भएकामध्ये २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको भने घटेको छ । कूल ३४२ कम्पनीको १ करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० मूल्यमा खरिदबिक्री भएको छ ।
कारोबारका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । यस्तै, रिडी पावर कम्पनी, अपि पावर कम्पनी, नेसनल हाइड्रोपावर कम्पनी र ङयादी ग्रुप पावर लिमिटेड शीर्ष स्थानमा छ ।
यस्तै, थ्री स्टार हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, अप्पर हेवा खोला हाइड्रोपावर, माया खोला हाइड्रोपावर र रिजलाइन इनर्जीका लगानीकर्ताले कमाएका छन् । बुङ्गल हाइड्रो, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, एनआइबिएल ग्रोथ फन्ड, नेपाल बैङ्कको डिवेञ्चर, सिद्धार्थ इक्विटी फन्डका लगानीकर्ताले भने गुमाएका छन् ।
