तोलामा १ हजार ९ सयले बढ्यो सुनको मूल्य

आज प्रतितोला सुन २ लाख ९२ हजार ८ सयमा किनबेच भइरहेको छ ।

जेष्ठ ११, २०८३

रासस

Gold price increases by 1,900 tola

काठमाडौँ — स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १ हजार ९ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला २ लाख ९० हजार ९ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने २ लाख ९२ हजार ८ सय तय भएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा १४० ले बढेको छ । आइतबार प्रतितोला ५ हजार १० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने ५ हजार १५० निर्धारण भएको छ । 

रासस

Link copied successfully