नेप्से १६.३८ अंकले बढ्यो

कारोबारमा आएकामध्ये २०३ कम्पनीको सेयर मूल्य बढ्यो, ५७ कम्पनीको मूल्य घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्‌यो ।

जेष्ठ ८, २०८३

कान्तिपुर संवाददाता

NEPSE rises by 16.38 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १६.३८ अंकले बढेको छ । शून्य दशमलव ५९ प्रतिशतले वृद्धि भएको नेप्से २ हजार ७५८ दशमलब ४९ विन्दुमा उक्लिएको छ ।

कारोबारमा आएकामध्ये २०३ कम्पनीको सेयर मूल्य बढ्यो, ५७ कम्पनीको मूल्य घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्‌यो । कारोबारमा आएका उपसमूहमध्ये व्यापार मात्रै १६ अंकले घट्यो । बाँकी सबै उपसमूहहरू घट्यो ।

कुल ५४ हजार ४९७ पटकको सेयर किनबेचमा ४ अर्ब ४९ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ती कारोबारमा १ करोड ८ लाख ८८ हजार ७३९ कित्ता सेयर किनबेच भए । 

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको १४.८१, माबिलुङ इनर्जी लिमिटेडको ९.३५, बुंगल हाइड्रो लिमिटेडको ९.१२, आँखु खोला  जलविद्युत्‌को ७.२० र सुपर खुदी हाइड्रोपावरको ६.७४ प्रतिशतले सेयर मूल्य बढ्यो । 

एनआईसी एसिया ब्यालेन्स फन्डको २.५९, ग्लोबल आइएमई सम्मुनत योजना-२ को २.५१, एसबीएल डिबेञ्चर २०९१ को २.२७ प्रतिशतले सेयर मूल्य घट्यो । 

कान्तिपुर

Link copied successfully