चाँदीको मूल्य पनि तोलामा १ सय २५ ले घटेको छ ।
काठमाडौँ — स्थानीय बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ३ हजार ३ सयले घटेको हो ।
मंंगलबार प्रतितोला २ लाख ९५ हजार ३ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला २ लाख ९२ हजारमा कारोबार हुनेगरी निर्धारण गरिएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १ सय २५ ले घटेको छ । मंगलबार प्रतितोला ५ हजार ८५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला ४ हजार ९६० निर्धारण गरिएको छ ।
