१७ ठेक्काको ५ करोड ४१ लाख कार्यसम्पादन जमानत जफत गर्न बाँकी
काठमाडौँ — १७ ठेक्काको ५ करोड ४१ लाख कार्यसम्पादन जमानत जफत र ३९ ठेक्काको सम्झौता अन्त्य भएर पनि बाँकी काम गर्न लाग्ने ५ अर्ब ७९ करोड १६ लाख रुपैयाँ असूल हुन सकेको छैन ।
शुक्रबार सार्वजनिक महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन–२०८३ को सांराशमा उल्लेख भए अनुसार ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी (हाल स्वास्थ्य तथा खाद्य स्वच्छता), भौतिक पूर्वाधार तथा यातायात (हालको पूर्वाधार विकास) र सहरी विकास (हालको पूर्वाधार विकास) मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०८१/२०८२ मा ११८ वटा ठेक्का अन्त्य गरेकोमा ६२ वटा ठेक्काको बाँकी काम गर्न लाग्ने खर्च यकिन नगरिएको पाइएको सांराशमा उल्लेख छ ।
सार्वजनिक खरिद ऐन,२०६३ को दफा ५९ मा खरिद सम्झौताको अन्त्य र सोको कार्यान्वयनसम्बन्धी व्यवस्था छ ।
निर्माण व्यवसायीहरुसँग भएको खरिद सम्झौतामा उल्लेख भएका काम सम्पन्न नहुँदै खरिद सम्झौता अन्त्य गरिएका नयाँ खरिद सम्झौताका लागि अपुग रकम ठेक्का अन्त्य गर्ने निर्माण व्यवसायीबाट असुल हुने व्यवस्था रहेको महालेखा परिक्षकको कार्यालयले औंल्याएको छ ।
