सुशासन र निष्पक्ष कर्मचारी प्रशासनका लागि ट्रेड युनियन खारेज : अर्थमन्त्री वाग्ले

समग्र ट्रेड युनियन मुभमेन्टलाई नै निषेध गर्ने, यसको ऐतिहासिक महत्त्वलाई खारेज गर्ने नियतले यो आएको होइन । -  अर्थमन्त्री वाग्ले

वैशाख ३१, २०८३

न्युज एजेन्सी नेपाल

Trade unions should be abolished for good governance and fair employee administration: Finance Minister Wagle

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले निजामती प्रशासनलाई तटस्थ, निष्पक्ष र व्यवसायिक बनाउनका निम्ति अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कर्मचारीको ट्रेड युनियन खारेजीको विषय समेटिएको स्पष्ट पारेका छन् । 

अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । सेवा प्रवाह र सुशासनलाई नतिजामुखी बनाउन निजामती तथा सरकारी सेवामा सुधार आवश्यक रहेको उनको भनाइ छ । 

‘निजामती तथा अन्य सरकारी सेवालाई तटस्थ, निष्पक्ष, उत्तरदायी एवं व्यवसायिक संस्थाको रुपमा विकास गरी सेवा प्रवाह र सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने उद्देश्यले ट्रेड युनियनको खारेजी गर्ने भनेर नीति तथा कार्यक्रममा राखेका छौँ । समग्र ट्रेड युनियन मुभमेन्टलाई नै निषेध गर्ने, यसको ऐतिहासिक महत्त्वलाई खारेज गर्ने नियतले यो आएको होइन । हाम्रो पार्टीको वाचापत्र र नीति तथा कार्यक्रममा लेखिएको कुरामा यो स्पष्ट पार्न चाहन्छु,’ उनले भने । 

वाग्लेले ट्रेड युनियन आन्दोलनको ऐतिहासिक योगदानलाई सम्मान दलविहीन छुट्टै युनियनको गठन गर्नेगरी गृहकार्य गर्नेसमेत बताए । 

न्युज

Link copied successfully