कारोबारमा आएकामध्ये ८० कम्पनीको सेयर मूल्य बढ्यो, १७४ कम्पनीको मूल्य घट्यो भने १४ कम्पनीको मूल्य स्थिर रह्यो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १०.०७ अंकले घटेको छ । शून्य दशमलव ३६ प्रतिशतले घटेर नेप्से २ हजार ७ सय ३० दशमलव १७ विन्दुमा ओर्लिएको छ ।
कारोबारमा आएका मध्ये ८० कम्पनीको सेयर मूल्य बढ्यो, १७४ कम्पनीको मूल्य घट्यो भने १४ कम्पनीको मूल्य स्थिर रह्यो ।
जीवन बिमा,सामूहिक लगानी कोष र व्यापार उपसमूहबाहेक बाँकी उपसमूहको मूल्य घट्यो । उत्पादन तथा प्रशोधन ५९.८७, निर्जीवन बिमा ५५.२४ अंकले घट्यो ।
कुल ४६ हजार ४०२ पटकको सेयर किनबेचमा ३ अर्ब २९ करोड २ लाख ४४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ती कारोबारमा ७९ लाख ५८ हजार ७ सय ५२ कित्ता सेयर किनबेच भयो ।
युनियन हाइड्रोपावरको ९.७९,क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ९.२२, एनआईबीएल स्टेबल फन्डको ३.६३, एनएमबी हाइब्रिड फन्ड एल-२ को २.८४, हिमालयन ८०-२० को २.७६ प्रतिशतले सेयर मूल्य घट्यो ।
एसियन हाइड्रोपावरको ९.८९, हिमालयन रिइन्स्योरेन्सको ७.५५, नारायणी विकास बैंकको ५.९१, रिड्ज लाइन इनर्जीको ४.७४, भुजुङ हाइड्रोपावर लिमिटेडको ४.३४ प्रतिशत मूल्य घट्यो ।
