जेठमा पनि सामान्य घट्यो निक्षेपको ब्याजदर

वाणिज्य बैंकहरुले सार्वजनिक गरेको ब्याजदरअनुसार वैशाखको तुलनामा जेठमा निक्षेपको औसत ब्याजदर केही घटेको हो ।

वैशाख ३१, २०८३

कान्तिपुर संवाददाता

Deposit interest rates also fell modestly in Jestha

काठमाडौँ — जेठ महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर सामान्य घटाएका छन् । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको ब्याजदरअनुसार वैशाखको तुलनामा जेठमा निक्षेपको औसत ब्याजदर केही घटेको हो ।

जसअनुसार जेठका लागि साधारण बचतको औसत अधिकतम ब्याजदर ३.११५ प्रतिशत छ । वैशाखमा यस्तो ब्याजदर ३.१८१ प्रतिशत रहेको थियो । जेठमा बैंकहरुको एक वर्षे व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.३४३ प्रतिशत छ । वैशाखमा यस्तो ब्याजदर ४.३९५ प्रतिशत थियो ।

जेठका लागि ७ वटा बैंकले मुद्दती निक्षेपको ४ वटाले साधारण निक्षेपको ब्याजदर घटाएका छन् । एउटा बैंकले साधारण र मुद्दती दुबै निक्षेपको ब्याजदर बढाएको छ । तर १५ बैंकले साधारणको र १२ बैंकले मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् ।

सिद्धार्थ बैंकले भने ब्याजदर बढाएको छ । सिद्धार्थले ४ प्रतिशतबाट बढाएर ब्याजदर ४.०५ प्रतिशत दिने भएको हो ।

वैशाख र जेठ दुवै महिनाका लागि यी बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर ४.७५ प्रतिशत दिएका छन् । वैशाखमा औंसत ब्याजदर ४.४ प्रतिशत रहेकोमा जेठमा यस्तो औसत ब्याजदर ४.३ प्रतिशत छ ।

अहिले सबैभन्दा धेरै ब्याज राष्ट्रिय वाणिज्य बैंकबाट पाइने भएको छ। यो बैंकले ४.७५ प्रतिशत दिने भएको छ। कुमारी बैंकबाट सबैभन्दा कम ३.९६ प्रतिशत मात्रै ब्याजदर पाइने भएको हो ।

१२ बैंकले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर स्थिर रहेको हो। सिद्धार्थ बैंकले भने ब्याजदर बढाएको छ । सिद्धार्थले ४ प्रतिशतबाट बढाएर ब्याजदर ४.०५ प्रतिशत दिने भएको हो ।

कान्तिपुर

Link copied successfully