आर्थिक समृद्धिका लागि निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन गर्नुपर्ने सिस्लेनको सुझाव

विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले सरकारी लगानी मात्र पर्याप्त नरहेको भन्दै पूर्वाधार विकासमा निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य भएको बताएका छन् ।

वैशाख ३०, २०८३

कान्तिपुर संवाददाता

Sislen suggests changing approach to private sector for economic prosperity

काठमाडौँ — पूर्वाधार विकासको क्षेत्रमा सरकारी लगानीको मात्र भर नपरी निजी क्षेत्रलाई साझेदारका रूपमा परिचालन गर्नु आवश्यकता रहेको विश्व बैंकका लागि नेपाल, माल्दिभ्स र श्रीलंकाका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले बताए । 

नेपालको आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने उनले सुझाव दिएका छन् । छिमेकी देश भारतले पनि विगतमा निजी क्षेत्रप्रतिको धारणा परिवर्तन गरेकै कारण आर्थिक फड्को मारेको उदाहरण दिँदै सिस्लेनले नेपालले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा स्वीकार्नुपर्ने बताएका हुन् । 

‘सामाजिक सञ्जालहरूमा अझै पनि मुनाफालाई नकारात्मक रूपमा लिने गरिएको छ,’ उनले भने, ‘निजी क्षेत्रलाई नियमन र व्यवस्थापन गर्दै उनीहरूसँग सहकार्य गर्नुपर्छ ।’ 

नेपाल हाल आर्थिक परिवर्तनको महत्त्वपूर्ण मोडमा रहेको चर्चा गर्दै सिस्लेनले आगामी १२ देखि १८ महिनाको अवधिमा देखिने ठोस संकेतहरूले देशको दिशा तय गर्ने उल्लेख गरे । 

कान्तिपुर

Link copied successfully