नेप्से परिसूचक आज ०.१५ प्रतिशतले घटेर २,७४०.२५ विन्दुमा झरेको छ ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ४.१५ अंकले घटेको छ । शून्य दशमलब १५ प्रतिशतले घटेको नेप्से २७४० दशमलव २५ विन्दुमा ओर्लिएको छ ।
कारोबारमा आएका मध्ये ८२ कम्पनीको सेयर मूल्य बढ्यो, १७६ कम्पनीको मूल्य घट्यो भने १२ कम्पनीको मूल्य स्थिर रह्यो ।
कुल ४२ हनार १७६ पटकको सेयर कारोबारमा २ अर्ब ८० करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ती सेयर किनबेचमा ५६ लाख ४३ हजार २८८ कित्ता सेयर किनबेच भए ।
कारोबारमा आएका उपसमूहहरूमध्ये व्यापार र उत्पादन तथा प्रशोधन उपसमूह मात्रै बढ्यो । बाँकी सबै उपसमूहहरू घट्यो ।
एसियन हाइड्रोपावर लिमिटेडको ११.४२, एसवाई प्यानल नेपालको ४.६२, हिमालयन बैंक लिमिटेड बन्ड २०८६ को ४.३४, एनआइसी एसिया ग्रोथ फन्ड २ को ४.०९, सेन्चुरी डिबेञ्चर २०८८ को ३ प्रतिशतले सेयर मूल्य बढ्यो ।
