काठमाडौंको सुधार नगरी आर्थिक वृद्धि असम्भव : सिस्लेन

विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात, नदी प्रदूषण र खानेपानी समस्या समाधान अपरिहार्य रहेको बताए ।

वैशाख ३०, २०८३

कान्तिपुर संवाददाता

Economic growth impossible without reforms in Kathmandu: Sislen

काठमाडौँ — नेपालमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न काठमाडौं उपत्यकाको विकास अनिवार्य रहेको विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले बताएका छन् । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । 

‘धेरैजसो रोजगारीहरू काठमाडौंमै सिर्जना हुन्छन्, उपत्यकाको अस्तव्यस्त सार्वजनिक यातायात प्रणालीलाई सुधार्नुपर्छ, यहाँका नदी प्रदूषण घटाउनुपर्छ,’ उनले भने, ‘खानेपानीको चरम अभावलाई सम्बोधन गर्नुपर्छ ।’ हाल उपत्यकामा प्रतिव्यक्ति दैनिक खानेपानीको खपत ४० लिटर मात्रै रहेकोमा उनले आश्चचर्य प्रकट गरे ।

‘काठमाडौंलाई नेपाली र विदेशी लगानीकर्ताहरूका लागि बस्नयोग्य, प्रतिस्पर्धी र भविष्यका रोजगारी सिर्जना गर्ने केन्द्रका रूपमा विकास गर्नुपर्छ,’ सिस्लेनले भने । नेपालमा लगानी आकर्षित गर्न कर प्रणालीमा सुधार, नाफा फिर्ता लैजाने प्रक्रियाको सरलीकरण, राजनीतिक स्थिरताजस्ता विषयहरूमा सुधार गर्नु आवश्यक रहेको उनको धारणा थियो । साथै, डिजिटल क्षेत्रको विकासका लागि डेटा संरक्षण कानुन निर्माण गर्नु आवश्यक रहेको उनले औंल्याए । 

कान्तिपुर

Link copied successfully