कोरोना महामारीको समयमा सरकारले विदेशी मुद्रा सञ्चिति गर्न आयातलाई नियन्त्रण गर्ने र बैंकको ब्याजदर घटाउनेलगायत नीति लिएकाले अर्थतन्त्रमा समस्या आएको र व्यवसायीको मनोबल घटेको उनले बताए ।
काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले कोरोना महामारीपछि घटेको व्यवसायीको मनोबल अझै उस्तै रहेको बताए ।
कोरोना महामारीको समयमा सरकारले विदेशी मुद्रा सञ्चिति गर्न आयातलाई नियन्त्रण गर्ने र बैंकको ब्याजदर घटाउनेलगायत नीति लिएकाले अर्थतन्त्रमा समस्या आएको र व्यवसायीको मनोबल घटेको उनले बताए ।
‘कोरोनालगत्तै बजारमा ६ खर्ब रुपैयाँ तरलता प्रवाह गर्ने सहकारी क्षेत्रमा समस्या आयो,’ उनले भने, ‘सहकारी क्षेत्रबाट हुने लगानी प्रवाहमा समस्या आएको छ ।’
अहिलेको परिस्थितिमा बाह्य क्षेत्र सबल देखिए पनि आन्तरिक क्षेत्र समस्यामा देखिएको उनले बताए ।
व्यवसायीहरु निरुत्साहित रहेको र उनीहरुको मनोबल कमजोर रहेको उनले सुनाए ।
पश्चिम एसियामा जारी द्वन्द्वका कारण इन्धनको मूल्य वृद्धि, आपूर्तिमा अवरोध, यातायात लागत वृद्धि लगायतले निर्माण उद्योगहरु थप समस्यामा परेको उनले सुनाए ।
एकीकृत माग घटेको र उद्योगीहरु न्यून क्षमतामा सञ्चालनमा रहेको उनको भनाइ छ ।
व्यवसायीलाई थुन्ने र सुन्ने सरकारको नीतिले अहिले अन्यौल थपेको उनको भनाइ छ ।