रेडियो फ्रिक्वेन्सी व्यवस्थापनका लागि मापदण्ड र अनुगमन प्रणाली लागु गरिने

सरकारको नीति तथा कार्यक्रममा दुर्गम क्षेत्रसम्म डिजिटल पहुँच पुर्‍याएर डिजिटल विभेद अन्त्य गर्ने उल्लेख छ ।

वैशाख २८, २०८३

कान्तिपुर संवाददाता

Standards and monitoring system to be implemented for radio frequency management

काठमाडौं — सरकारले दूरसञ्चार क्षेत्रमा नवीनतम प्रविधिको विस्तार गरिने र रेडियो फ्रिक्वेन्सी व्यवस्थापनका लागि निश्चित मापदण्ड तथा सुदृढ अनुगमन प्रणाली लागु गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा दुर्गम क्षेत्रसम्म डिजिटल पहुँच पुर्‍याएर डिजिटल विभेद अन्त्य गर्ने उल्लेख छ । ‘हुलाक सेवालाई विविधीकरण र आधुनिकीकरण गर्दै डिजिटल रूपान्तरण गरिनेछ,’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने, ‘विज्ञापन तथा सञ्चार क्षेत्रलाई पारदर्शी बनाउन तीनवटै तहका सरकारको समन्वयमा नियमन प्रणाली सुदृढ गरिनेछ ।’

चलचित्र, वृत्तचित्र र डिजिटल सामग्री उत्पादनलाई उद्योगका रूपमा विकास गरिने नीति तथा कार्यक्रममार्फत सरकारले जनाएको छ ।

कान्तिपुर

Link copied successfully