बाली लगाउन अगावै सरकारले न्यूनतम समर्थन मूल्य तोक्ने

समर्थन मूल्यको कार्यान्वयन तथा भुक्तानी प्रणालीलाई डिजिटल बनाउँदै रकम सिधै बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइने समेत जनाइएको छ ।

वैशाख २८, २०८३

कान्तिपुर संवाददाता

Government to set minimum support price before planting crops

काठमाडौँ — बाली लगाउन अगावै सरकारले न्यूनतम समर्थन मूल्य तोक्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बाली लगाउन अगावै प्रमुख कृषि बालीको न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताएका हुन् । 

उनले समर्थन मूल्यको कार्यान्वयन तथा भुक्तानी प्रणालीलाई डिजिटल बनाउँदै रकम सिधै बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइने समेत बताए । 

विशिष्टिकृत उत्पादन क्षेत्र विकास गरी कृषि उत्पादनलाई उद्योग प्रशोधन र बजारसँग जोड्दै वैदेशिक रोजगारबाट फर्किएका जनशक्तीलाई कृषि उद्ममा आकर्षित गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । 

न्यूनतम समर्थन मूल्यमा कृषि उपज खरिद गर्ने निजी कम्पनी तथा सहकारीलाई सहुलियत प्रदान गर्ने जनाएको छ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई सक्षम बनाइने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully